जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • प्रभु बैंकका ग्राहकलाई होटल सिताशरणमा आकर्षक छुट

प्रभु बैंकका ग्राहकलाई होटल सिताशरणमा आकर्षक छुट

प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण प्रालि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोक कुमार साह र होटल सिताशरण प्रालिका तर्फबाट महाप्रबन्धक कमल सिंह साउदद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।

प्रभु बैंक र उक्त होटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकहरुले होटल सिताशरण प्रालि. द्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत र “लजिङ्ग” सेवामा १५ प्रतिशत छुट प्राप्त गर्ने सक्नेछन् ।सम्झौता अन्तर्गत होटल सिताशरण मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल सिताशरण का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

3630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका