जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिद्धार्थ क्यापिटलको वृक्षारोपण कार्यक्रम सम्पन्न

सिद्धार्थ क्यापिटलको वृक्षारोपण कार्यक्रम सम्पन्न

सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो १०औं वार्षिकोत्सवको उपलक्ष्यमा कालिमाटी स्थित जन प्रभात माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । स्वच्छ र हरियालीका लागि दिगो जीवन र व्यक्तिगत जिम्मेवारी प्रवद्र्धन गर्ने उद्देश्यले रुख र फूलसहित २५० भन्दा बढी बिरुवा रोपिएको क्यापिटलले जनाएको छ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा सिद्धार्थ क्यापिटल लिमिटेडका कर्मचारी, जन प्रभात मा। वि का लिद्यार्थी लगायत करिब ९० जनाको उत्साहजनक सहभागिता रहेको क्यापिटलले उल्लेख गरेको छ। कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा समाजको हितलाई प्रवद्र्धन गर्ने उदेश्यले अन्य गतिविधिहरु पनि योजना बनाएको जनाएको छ ।

3610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?