जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एशियन लाईफ स्वतन्त्र कर्मचारी युनियनको चौथो अधिवेशन सम्पन्न

एशियन लाईफ स्वतन्त्र कर्मचारी युनियनको चौथो अधिवेशन सम्पन्न

एशियन लाईफ इन्स्योरेन्सको स्वतन्त्र कर्मचारी युनियनको चौथो अधिवेशन आज बत्तिसपुतलीस्थित होटल तपसमा सम्पन्न भएको छ। अधिवेशनले हिरालाल श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय कार्य समिति चयन गरेको छ। ७ प्रदेशका प्रदेश उपाध्यक्ष पदमा क्रमश: सरस्वती थापा,‌परमानन्द चौधरी, राजीव शर्मा, दिपेन्द्र पंडित, बसन्त भुषाल, तीर्थ चौधरी र दिपेश प्रसाद देवकोटा चयन भएका छन्।

त्यसैगरी नवनिर्वाचित कार्य समितिको महासचिव सदन विक्रम लामिछाने, कोषाध्यक्ष रश्मी तामाङ,सचिव प्रसंग रेग्मी, सह कोषाध्यक्ष सन्तोष दाहाल, सदस्य लोकेन्द्र भट्ट, प्रदिप खनाल, विनिता मानन्धर रहेका छन्।

नव निर्वाचित कार्य समितिलाई कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नेपाल वित्तीय संस्था कर्मचारी युनियनको अध्यक्ष पदमराज रेग्मी, स्वतन्त्र कर्मचारी युनियनको निवर्तमान अध्यक्ष सुनिल कुमार पोखरेल, बीमा समिति कर्मचारी युनियनको अध्यक्ष पूर्ण बहादुर थापालगायतले शुभकामना व्यक्त गरेका थिए 

7235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका