जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • भ्वाइस र डेटाबाट हुने आम्दानी घट्दा एनसेलको नाफा घट्यो !

भ्वाइस र डेटाबाट हुने आम्दानी घट्दा एनसेलको नाफा घट्यो !

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले सन् २०२२ को दोस्रो त्रैमासमा ३ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको छ। एनसेलले इन्टरनेसनल लङ डिस्टेन्स (आइएलडी) मा निरन्तर चुनौति खेपिरहँदा त्यसमा गिरावट आएकाले नाफा घटेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।

यसका साथै नेपालको डेटा व्यापारमा वृद्धि गर्न नसकेकाले पनि कम्पनीको कारोबारमा असर परेको बताइएको छ। नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अन्तआबद्धता शुल्क कार्यान्वयनमा ल्याएसँगै एनसेलको भ्वाइसबाट हुने आम्दानी पनि घटेको उल्लेख गरिएको छ।

माउ कम्पनी आजियाटाले २०२२ को दोस्रो त्रैमासको वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ। कम्पनीले यो अवधिमा कुल २० अर्ब २६ करोड रुपैयाँको कारोबार गरेको छ।

गत वर्ष २०२१ को सोही अवधिमा कम्पनीले तीन अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको थियो। सो अवधिमा कम्पनीले २० अर्ब ८५ करोड रुपैयाँ कुल कारोबार गरेको थियो।

4295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका