जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राष्ट्र बैंकलाई पाठ पढाउन आइएमएफ हेटक्वार्टरबाट खटियो पाँचजनाको टोली

राष्ट्र बैंकलाई पाठ पढाउन आइएमएफ हेटक्वार्टरबाट खटियो पाँचजनाको टोली

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित कार्यकारी निर्देशकलाई अन्तर्राष्ट्रिय मुद्रा कोषको मुख्यालयबाट आएको टोलीले अध्यापन गराउने भएको छ।

बैंक सुपरीवेक्षण, नियमन, वित्तीय क्षेत्रमा भइरहेको अन्तर्राष्ट्रिय अभ्यास, डिजिटल करेन्सीका बारेमा गभर्नर, डेपुटी गभर्नर, तथा कार्यकारी निर्देशकलाई पढाउन थालेको हो।

टोलीले दुई दिनसम्म कक्षा सञ्चालन गर्ने छन्। मुख्यालयबाट तीन जना नेपालमै आएका छन् भने दुई जना भर्चुअल रुपमा जोडिने छन्। तीन जना केही दिन अघि मात्रै नेपाल आइपुगेका हुन्। विश्वभरका केन्द्रीय बैंकहरु ठूलो दबाबमा बसेर काम गरिरहेका छन्। विश्व अर्थतन्त्रमा देखिएको मन्दीबाट अर्थतन्त्र जोगाउन पर्ने दायित्व केन्द्रीय बैंकको काँधमा आइरहेका बेला आईएमएफको टोलीले बैंकिङ क्षेत्रमा भएका असल अभ्यास बताउने छन्।

नेपालको केन्द्रीय बैंकले कसरी काम गर्छ? गरिरहेको छ? वित्तीय पहुँच बढाउन कसरी काम गरिरहेको छ? बैंकहरुमाथि कसरी नियमन गरिरहेको छ भन्ने बारेमा समेत आइएमएफको टोलीले बुझ्ने छ।

निश्क्रिय कर्जाको प्रतिशतलाई लिएर आईएमएफले बारम्बार प्रश्न गर्दै आएको छ। नेपालजस्तो अर्थतन्त्र भएको मुलुकमा यति न्यून निश्क्रिय कर्जा हुनै सक्दैन भन्दै आइरहेका छन्।

बैंकबाट प्रवाह हुने कर्जा सही रुपमा सदूपयोग नभएकोमा पनि आइएमएफले बारम्बार प्रश्न गर्दै आएको छ। बैंकबाट प्रवाह भएको कर्जाले आर्थिक वृद्धिमा कुनै टेवा नपु¥याएपछि उनीहरुको त्यसमा पनि प्रश्न छ।

1035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका