जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • लुम्बिनी विकास बैंकले फोटोन र चङ्गनका गाडी किन्न ग्राहकलाई सजिलै कर्जा दिने

लुम्बिनी विकास बैंकले फोटोन र चङ्गनका गाडी किन्न ग्राहकलाई सजिलै कर्जा दिने

लुम्बिनी विकास बैंक र एमएडब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्सबीच सम्झौता भएको छ । फोटोन र चङ्गन ब्राण्डका व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्ने ग्राहकहरुलाई लगानी गर्ने उक्त सम्झौता भएको हो ।

सो सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल र एमए।डब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्सको तर्फबाट प्रबन्ध निर्देशक विवेक सिकारीयाले संयुक्त रुपमा हस्ताक्षर गरे । उक्त सम्झौतापत्र अनुसार लुम्बिनी विकास बैंकले सबै शाखाहरुबाट यो सुविधा लिन सकिनेछ ।साथै सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुले सो सेवा बिक्रेताको देशभरी रहेको १३ वटा शोरुम मार्फत खरिद गर्न सक्नेछन ।

लुम्बिनी विकास बैंकले हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु मार्फत सेवा दिँदै आएकोे छ ।

3630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका