जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिद्धार्थ बैंक ‘एक्सिलेन्स इन प्रिपेड कार्डस विजनेश २०२२’ अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक ‘एक्सिलेन्स इन प्रिपेड कार्डस विजनेश २०२२’ अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक ‘एक्सिलेन्स इन प्रिपेड कार्डस विजनेश २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसाले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ – पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।

भिसा अन्तर्गत रहेका नेपालका बैंकहरु मध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट अभिवृद्धि र उपलब्धि हासिल गरेको आधारमा बैंकले उक्त अवार्ड पाएको हो ।

सिद्धार्थ बैंकलाई यस अघि पनि भिसाले ग्राहकको आवश्यकता अनुसार नयाँ आइडियालाई अबलम्बन गरी कार्ड सेवालाई प्रभावकारी बनाएको आधारमा एक्सिलेन्स इन ड्राइभिङ्ग इनोभेसन अवार्डबाट सम्मानित गरेको थियो ।

बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११७ शाखारहित बैंकिङ्ग सेवा, १७ सयभन्दा बढी पिओएस् मेसिन र २० हजारभन्दा बढी क्युआर मर्चेन्ट मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ

4395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्