जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • कानून सम्मत र बीमा समितिबाट जारी निर्देशनहरुको पूर्ण पालना गर्न बीमा कम्पनीहरुलाई निर्देशन

कानून सम्मत र बीमा समितिबाट जारी निर्देशनहरुको पूर्ण पालना गर्न बीमा कम्पनीहरुलाई निर्देशन

बीमा समितिले बीमालेखको जोखिमांकन तथा दाबी भुक्तानीलाई कानून अनुसार गर्न बीमकहरुलाई निर्देशन दिएको छ। बुधबार एक सूचना जारी गर्दे समितिले आफूले जारी गरेका निर्देशनहरुलाई पनि पालना गर्न भनेको छ।

समितिका अनुसार बीमा व्यवसायसँग सम्बन्धित विभिन्न व्यक्ति ,समूह तथा संस्थाहरु मार्फत पेस भएका किर्ते कागजातका आधारमा बीमालेख जारी हुने गरेको तथा बीमा दाबी भुक्तानी हुने गरेको उल्लेख गरेको छ।

यसबाट बीमा व्यवसायमा नकारात्मक असर पर्ने र बीमित तथा लाभग्राहीहरु पिडित हुने तर्फ सचेत हुन बीमकहरुलाई आग्रह गरेको छ। बीमा क्षेत्रप्रति जनविश्वास घट्न जानुका साथै बीमा क्षेत्रको शाखमा समेत ह्वास आउने स्थिति रहेको समितिले जनाएको छ।

यस प्रकारका गलत क्रियाकलापहरु हुन नदिन र बीमालेखको जोखिमांकन तथा दाबी भुक्तानी प्रक्रियालाई कानूनसम्मत बनाउन आवश्यक व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ।

3320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका