जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पुर्वराजाको कडा दशै सन्देश

अर्थ राजनीति

पुर्वराजाको कडा दशै सन्देश

पुर्वराजाको कडा दशै सन्देश

पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा विद्रोहको भुसको आगो भित्र भित्रै स’ल्कँदै गएको अवस्था बनेको बताएका छन् । बडादशैंका अवसरमा सन्देश दिदै उनले राष्ट्रियता धर्मराएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । नवदुर्गा भवानीलाई सम्झदै देशमा सबै आसुरी र स्वार्थी व्यवहारको विनाश गरी सनातनिक सत्य पथतर्फ अभिप्रेरित गरुन् भनी कामना समेत गरेका छन् ।

‘राष्ट्रियता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि विद्रोहको भुसको आगो भित्रभित्रै सल्कँदै गएको अवस्थाले कसैको हित हुँदैन,’ पूर्व राजाले सन्देशमा भनेका छन् । उनले प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधि बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

देशमा निषेध र विभेदको प्रकृयाप्रति पूर्व राजाले चासो देखाएका छन् । सन्देशमा भनेका छन्, ‘एकले अर्कामाथि दोष थोपर्ने, जिम्मेवारी पन्छ्यौने र आ आफ्नो कमि कमजोरीलाई ढाकछोप गरी, निषेध र विभेदको प्रकृया अपनाउने प्रवृत्ति कुनै पनि अर्थमा राम्रो होइन ।’

राजनीतिक दलहरुतर्फ संकेत गर्दै पूर्व राजाले पूर्खाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा कदापि भलो नहुने उल्लेख गरेका छन् । उनले सन्देशमा लेखेका छन्, ‘नेपाल हाम्रो हो, हामी नेपाली हौं र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्ने कुरा हामीले बुझ्नै पर्ने हुन्छ ।’

पूर्व राजाले नवदुर्गा भवानीलाई सम्झँदै कडा शब्दमा लेखेका छन्, ‘श्री नवदुर्गा भवानीले हाम्रा सबै आसुरी र स्वार्थी व्यवहारको विनाश गरी हामीलाई हाम्रो सनातनिक सत्य पथतर्फ अभिप्रेरित गरुन् ।’

देशको वर्तमान राजनीतिक घटनाक्रमलाई घुमाउरो तरिकाले विश्लेषण गर्दै पूर्व राजाको सन्देश आउनुलाई अर्थपूर्ण मानिएको छ । सत्तारुढ दलका नेताहरुबाट पूर्व राजालाई नागार्जुनबाट हटाउने सम्मको चेतावनी आइरहँदा प्रमुख दल र तिनका नेतातर्फ संकेत गर्दै उनको कडा सन्देश आएको हो ।

यस्तो छ पुर्वराजाको सन्देश

प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाईहरु,
“राष्ट्रीय सांस्कृतिक पर्व” बडा दशैं नेपाली घर आगनमा छाएको छ । विजयादशमीको पावन अवसरमा हामी देश भित्र र देश बाहिर रहे बसेका समस्त नेपालीहरुमा सुख, शान्ति र समृद्धि को लागि शुभकामना व्यक्त गर्दछौं।

राष्ट्रका यावत् विधि विधान, व्यवस्था र बन्दोबस्त सर्व हितकारी हुनुपर्दछ, अनि त्यो सर्वग्राह्य पनि बन्नु पर्दछ । पुर्खाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा कदापि हाम्रो भलो हुदैन । एकले अर्कामाथि दोष थोप्ने, जिम्मेवारी पन्छ्यौने र आ-आफ्नो कमि कमजोरीलाई ढाकछोप गरि, निषेध र विभेदको प्रकृया अपनाउने प्रवृति कुनै पनि अर्थमा राम्रो होइन ।

हाम्रो उद्देश्य हाम्रो देश, हाम्रो पूरै देशको उन्नति बाहेक अरु केहि हुनु हुदैन । भगवानको आशीर्वादले यो देश आफै उत्पीडन र आतंकको नभई, बुद्धि र भाइचाराको स्मारक बन्नु पर्दछ । तर राष्ट्रियता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि वि´द्रोहको भुसको आ´गो भित्रभित्रै स´ल्कदै गएको अवस्थाले कसैको हित हुदैन । त्यस कारण प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधि भन्दा सम्याउने, सुल्झाउने, सच्याउने र आफ्नै राष्ट्रिय आदर्श बमोजिम समझदारीका साथ अघि बढ्ने अटुट् प्रयत्न हुनुपर्दछ। नेपाल हाम्रो हो, हामी नेपाली हौं र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्ने कुरा हामीले बुझ्नैपर्ने हुन्छ ।

श्री नवदूर्गा भवानीले हाम्रा सबै आसुरी र स्वार्थी व्यवहारको विनाश गरी हामीलाई हाम्रो “सनातन सत्य पथ तरफ” अभिप्रेरित गरुन् ।

जय नेपाल।

10790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?