जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • एनसेलले ल्यायो दसैँ रिचार्ज बोनस, दैनिक रु. १०० भन्दा बढीको हरेक

एनसेलले ल्यायो दसैँ रिचार्ज बोनस, दैनिक रु. १०० भन्दा बढीको हरेक

एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दसैँका अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले हरेक दिन रु. १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु. ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन्।

यो योजना भदौ २८ गते मंगलबारदेखि सञ्चालनमा आएको छ। यो योजनाअन्तर्गत एनसेलका ग्राहकले रु. १०० को रिचार्ज गर्दा १ दिन मान्य रहने रु. १० बोनसस्वरुप प्राप्त गर्नछन्। यो योजनाअन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ।

यस योजनाअन्तर्गत यदि ग्राहकले एक दिनमा एकैपटक वा पटक–पटक गरी रु. १५० रिचार्ज गरेमा रु. २० बोनसस्वरुप प्राप्त गर्छन्। प्राप्त बोनस रकम ३ दिनका लागि मान्य रहन्छ।

त्यस्तै ग्राहकले एक दिनमा एकैपटक वा पटक–पटक गरी रु. २०० वा सोभन्दा बढीको रिचार्ज गरेमा ग्राहकले रु. ४० बोनस ब्यालेन्स प्राप्त गर्छन् र यो बोनस रकम ७ दिनका लागि मान्य हुन्छ।

यो योजनाअन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन्। प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन्।

2130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका