जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सार्वजनिक संस्थानहरूको नाफा बढ्यो

सार्वजनिक संस्थानहरूको नाफा बढ्यो

सरकारी संस्थानहरूको कुल नाफामा वृद्धि भएको छ । सर्वेक्षणअनुसार कुल मुनाफा रकम रू. १० अर्ब ५५ करोड रहेको छ । गत आवमा यो नाफा रकम ४ अर्ब ९४ करोड थियो । अर्थमन्त्रालयले आइतवार सार्वजनिक गरेको आव ०६६/६७ को वार्षिक सर्वेक्षणमा यो कुरा उल्लेख छ । सर्वेक्षणले आर्थिक वृद्धिदर, राजस्व वृद्धिदर, सरकारी खर्च र पुँजीगत खर्च गत आवको तुलनामा घटेको प्रक्षेपण गरेको छ । सर्वेक्षणअनुसार आर्थिक वृद्धिमा गत आवको तुलनामा सुधार आउन सकेको छैन । चालू आवमा नेपालको आर्थिक वृद्धिदर गत आवको तुलनामा शून्य दशमलव ५ प्रतिशतले घटेर ३ दशमलव ५ प्रतिशत रहने अनुमान गरिएको छ । प्रत्येक आवको अन्तमा बजेट प्रस्तुत हुनुअघि मन्त्रालयले आर्थिक विश्लेषण प्रस्तुत गर्ने गरेको छ ।

चालू आवको राष्ट्रिय आय गत आवको तुलनामा रू. ६ हजारले वृद्धि भई रू. ४२ हजार २९१ पुगेको पनि सर्वेक्षणमा उल्लिखित छ । सर्वेक्षण अनुसार चालु आवमा कुल राष्ट्रिय बचत गत आवको तुलनामा २ दशमलव ७ प्रतिशतले घटेर ३४ दशमलव ४ प्रतिशत पुगेको छ । सर्वेक्षणले चालू आवमा खाद्यान्न बालीको उत्पादन ५ दशमलव ८८ प्रतिशत घट्ने अनुमान पनि गरेको छ । यस्तै तरकारी उत्पादन ७ दशमलव २ प्रतिशतले घट्ने अनुमान पनि सर्वेक्षणमा उल्लेख छ । गत आवमा उत्पादनमूलक उद्योगको उत्पादन १ प्रतिशतले ऋणात्मक रहेकामा चालू आवमा २ दशमलव ६ प्रतिशलते बढ्ने प्रक्षेपण गरिएको छ ।

3920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका