जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • खुकुरी रमले ल्यायो ह्वाइट रम

खुकुरी रमले ल्यायो ह्वाइट रम
मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज’ ले आफ्नो बहुचर्चित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ बजारमा ल्याएको छ।
योसँगै खुकुरी ब्राण्डको पोर्टफोलियोमा अब तीन प्रकारका रमहरू भएका छन। खुकुरी ट्रिपल एक्स, खुकुरी स्पाइस्ड र खुकुरी ह्वाइट रम उत्पादन भएको छ।खुकुरी ह्वाइट रम एक स्पष्ट पारदर्शी रम हो, जसले गर्मीयामका पेयहरूको माग पूरा गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसलाई बरफ (आइस) हालेर पिउन सकिन्छ, वा कोला वा जुस जस्ता मिक्सरहरूसँग पनि पिउन सकिन्छ। ‘खुकुरी ह्वाइट रम’ लाई ककटेल बनाउन प्रयोग गर्न सकिन्छ।

मोहितो लोकप्रिय ककटेलमध्ये एक हो, जुन ह्वाइट रम प्रयोग गरी बनाइन्छ। ह्वाइट रमको स्थानीय उत्पादन नहुने र आयातित मदिरामा प्रतिबन्धका कारण नेपालका बारहरूले हिजोआज मोहितो बनाउन अन्य पारदर्शी र सेतो रक्सीको प्रयोग गर्नुपर्ने बाध्यता रहेको कम्पनीले जनाएको छ।

तर अब नेपाली उपभोक्ताहरूले फेरि ह्वाइट रमसँग मोहितो पिउन सक्नेछन्। खुकुरी रम मोहितो पारखीहरुलाई अरू कुनै तरल पदार्थ होइन, रममा बनेको मोहितो नै अर्डर गर्न समेत प्रोत्साहन गर्दछ।

नेपालको मौलिक स्वादलाई कायमै राखेर कम्पनीले खुकुरीको ह्वाइट रम तयार गर्न २ वर्षभन्दा बढी समय लगाएको थियो।

ह्वाइट रमलाई विश्वस्तरीय तरल पदार्थको रुपमा विकास गर्नुअघि व्यापक परीक्षण र प्रतिक्रियाको श्रृंखलाहरु सञ्चालन गरिएका थिए। यो क्रममा नेपालका सबै प्रिमियम बार र रेष्टुरेन्टहरूबाट अपार समर्थन र सहयोग प्राप्त भएको थियो।

खुकुरी रमको ब्राण्ड पोर्टफोलियोमा विश्वस्तरीय ह्वाइट रम थपिएकोमा आफूलाई गर्व महसुस भएको ‘दि नेपाल डिस्टीलरिज’ का महाप्रबन्धक शुभाष लामिछानेले बताए।

4225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका