जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • एभरेष्टको सेयर मूल्यले नबिललाई टप्यो, एनआईसी एशियाको पहिलो स्थान सुरक्षित

एभरेष्टको सेयर मूल्यले नबिललाई टप्यो, एनआईसी एशियाको पहिलो स्थान सुरक्षित

एभरेष्ट बैंकको सेयर मूल्यले नबिल बैंकलाई उछिनेको छ । सेयर मूल्यको आधारमा मंगलबार एभरेष्ट बैंकले दोस्रो स्थान लिएको छ भने नबिल बैंक तेस्रो स्थानमा झरेको छ । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा उच्च सेयर मूल्यसहित एनआईसी एशिया बैंक पहिलो नम्बरमा रहेको छ ।

मंगलबार एभरेष्ट बैंकको सेयर मूल्य प्रतिकित्ता पहिलो कारोबार भन्दा २ रुपैयाँ ८० पैसाले वृद्धि भई ६०७ रुपैयाँ ७० पैसामा करोबार बन्द भयो । यस दिन नबिल बैंकको सेयर प्रतिकित्ता पहिलो कारोबार भन्दा १० रुपैयाँले घटेर ६०० रुपैयाँमा कारोबार बन्द भयो ।

मंगलबार एभरेष्ट बैंकको सेयर प्रतिकित्ता अधिकतम ६१८ रुपैयाँ ६० पैसासम्ममा कारोबार भएको छ भने नविल बैंकको सेयर प्रतिकित्ता ६१८ रुपैयाँ १० पैसासम्ममा कारोबार भएको छ । अधिकतम मूल्यमा नबिललाई एभरेष्ट बैंकले ५० पैसाले टपेको छ ।

मंगलबार एभरेष्ट बैंकको सेयर मूल्य न्यूनतम ५९४ रुपैयाँ ७० पैसाँसम्ममा झरेको छ भने नबिलको सेयर मूल्य न्यूतनम ५९३ रुपैयाँ ९० पैसासम्म झरेको छ । न्युनतम मूल्यमा पनि नविललाई एभरेष्टले प्रतिकित्ता ८० पैसासम्म टपेको छ ।

सोमबार नबिलको सेयर कारोबार ६०७ रुपैयाँ ९० पैसामा कारोबार बन्द भयो । यसदिन नबिलको सेयर प्रतिकित्ता न्यूनत ६०५ रुपैयाँ र अधिकतम ६१४ रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार एभरेष्टको सेयर प्रतिकित्ता ६०७ रुपैयाँका कारोबार बन्द भएको थियो । उक्त दिन एभरेष्टको सेयर प्रतिकित्ता ६०० रुपैयाँ ३० पैसादेखि ६१६ रुपैयाँ ९० पैसासम्म कारोबार भयो । सोमबार कारोबार बन्द हुँदा नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँ ५० पैसाले घटेको थियो भने एभरेष्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँ १० पैसाले बढेको थियो ।

गत एक वर्षमा एभरेष्ट बैंकको सेयर मूल्य अधिकतम ६२३ रुपैयाँ र न्यूनतम ४२१ रुपैयाँ रहेको नेप्सेको तथ्याङ्कले देखाउँछ । सोही अवधिमा नबिल बैंकको सेयर मूल्य अधिकतम ९३० रुपैया र न्यूनतम ५७४ रुपैयाँ रहेको थियो ।

एभरेष्ट बैंकको सेयर पुँजी १० अर्ब ६९ करोड रुपैयाँ छ भने नबिल बैंकको सेयर पुँजी २७ अर्ब ५ करोड रुपैयाँ छ ।

मूल्यको आधारमा एनआईसी एशिया बैंक सबैभन्दा अगाडि उभिएको छ । मंगलबार यस बैंकको सेयर मूल्य प्रतिकित्ता ७५४ देखि ७८६ रुपैयाँसम्ममा किनबेच भएको छ । गत एक वर्षमा यस बैंकको सेयर मूल्य न्यूनतम ६०० र अधिकतम ८६१ रुपैयाँमा किनबेच भएको छ ।

मंगलबार नेप्से परिसूचक भने २८ अंकले घटेकाे छ ।

765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका