जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सिभिल बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई २०० वटा ट्री–गार्ड हस्तान्तरण

सिभिल बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई २०० वटा ट्री–गार्ड हस्तान्तरण

सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि २०० वटा ट्री–गार्डहरु उपलब्ध गराएको छ।

सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिनजंग रायमाझीले ती ट्री–गार्डहरुको हस्तान्तरण पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापालाई गरेका छन्। सिभिल बैंकले पाशुपत क्षेत्रको हरियाली बढाउन गरिएको वृक्षरोपणको सुरक्षाका लागि पशुपति विकास कोषलाई प्रदान गरिएको ट्री–गार्डहरुको मूल्य करिब रु. ८ लाख रहेको छ।

सिभिल बैंकले यसअघि पनि पशुपति क्षेत्रको पार्किङ क्षेत्रमा ३०० वटा ट्री–गार्डहरुसहितको बिरुवाहरु लगाई सो बिरुवाहरुलाई राम्ररी हुर्काउन पाँच वर्षसम्म लाग्ने सम्पूर्ण खर्चहरुसमेत बहन गर्दै आइरहेको छ।

कार्यक्रममा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिनजंग रायमाझी, चिफ डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर बिष्ट, संस्थागत निक्षेपका निर्मला कँडेल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालगायत पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुको उपस्थिति थियो।

हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रविन्दु पाशुपत क्षेत्रको सुन्दरता बढाउनका लागि सानै भए पनि टेवा पुर्याउन पाउँदा आफूलाई खुसी लागेको सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रायमाझीले बताएका छन्।

5050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?