जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आइएमई डबलको डबलको डबलका बिजेता घोषित

आइएमई डबलको डबलको डबलका बिजेता घोषित

आइएमई ग्रुपले २०७८ को ठूला चाडपर्वलाई लक्षित गर्दै ल्याएको आइएमई डबलको डबल अफरका बिजेताहरु घोषणा गरेको छ।

ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल तथा ब्राण्ड एम्बासडर दीपकराज गिरि र दीपाश्री निरौलाले संयुक्त रुपमा प्रविधिमा आधारित स्टार्ट बटम थिरेर बिजेता छनोट गरेका थिए। 

दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ३ मैनापोखरी निवासी जीवेश दाहालले संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत एक लाख ५६ हजार ५५८ रुपैयाँ घर पठाएका थिए। बम्पर पुरस्कारमा दाहालले पठाएको रकमको आठ गुणा बढी पाएका छन्। बम्पर पुरस्कार बिजेता दाहालले प्राप्त रकम बाख्रापालन विस्तारमा उपयोग गर्ने जनाएका छन्। दाहालका घरपरिवारले दोलखामा बाख्रा पालन गरिरहेको ग्रुपले जनाएको छ। 

असोज एकदेखि कात्तिक २६ सम्म कुल ५७ दिनका लागि कायम अफरअन्तर्गत कुल आठ हप्तामा हरेक हप्ता दुईजनाका दरले १६ जना, दुई महिनामा मासिक दुईजनाका दरले चार जना र बम्पर लक्की ड्रमार्फत् एकजना बिजेता गरी कुल २१ जना लाभान्वित भएको ग्रुपले जनाएको छ। 

आइएमई पेमार्फत् रेमिटेन्स भुक्तानी लिँदा दुई सय रुपैयाँ बोनस तत्कालै पाउने अफरबाट हजारौंले लाभ लिएको जनाएको छ। अफर अवधिमा बिजेता छनोटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरु निर्धारण गरेको थियो।

आइएमई ग्रुपका संस्थापक, कर्मचारी, आइएमईका व्यवसायिक साझेदार तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन रोक लगाइएको थियो।

छनोटमा परेका बिजेताहरुको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार प्रदान गरिने ग्रुपले जनाएको छ।

3930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?