जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नेशनल मनी ट्रान्सफरको लाईसेन्स रद्द

नेशनल मनी ट्रान्सफरको लाईसेन्स रद्द

नेपाल राष्ट्र बैंकले नेशनल मनी ट्रान्सफर प्रा. लि. को इजाजतपत्र रद्द गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले का.म.न.पा. १३, कालीमाटी, काठमाडौं ठेगाना रहेको नेशनल मनी ट्रान्सफर प्रा. लि. को इजाजतपत्र रद्द गरेको हो ।

राष्ट्र बैंकले सो कम्पनीले गरेको विदेशी मुद्रा कारोवारबाट कुनै व्यक्ति वा संघ संस्थासँग लेनदेन रकम बाँकी रहेको भए ३५ दिनभित्र विभाग मै लिखित निवेदन दिन आग्रह गरेको छ । राष्ट्र बैंकको सूचनामा भनिएको छ ‘कम्पनीले कारोबार गर्न प्राप्त गरेको इजाजतपत्र रद्द गरि पाऊँ भनी पेश गरेको निवेदन उपर आवश्यक कारवाही भई विदेशी मुद्रा कारोवार बन्द गर्ने सिलसिलामा सो कम्पनीले गरेको विदेशी मुद्रा कारोवारबाट कुनै व्यक्ति वा संघ संस्थासँग लेनदेन रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र यस विभागमा लिखित रूपमा जानकारी दिनुहुन नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७ को विनियम १७ को उपविनियम (२) बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।’

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा नेशनल मनी ट्रान्सफरको विप्रेषणसम्बन्धी कारोबार गर्ने इजाजतपत्र रद्द भई बैंक ग्यारेण्टी समेत फुकुवा हुने राष्ट्र बैंकले जनाएको छ।

3500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?