कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्यालले लगानीकर्तालाई धेरै प्रतिफल दिन आफुले सक्दो प्रयास गर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार शुभारम्भको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले मर्जर पश्चात् कुमारी बैंक विभिन्न सूचकमा टप पोजिसनमा हुने र त्यसलाई आफुले निरन्तर राख्ने बताए । उनले वित्तीय स्थायित्व र वित्तीय प्रणालीलाई सहि दिशामा अघि बढाउन र दुई बैंकलाई एक आपसमा गाभ्ने नीति अनुसार मर्जर गरेको बताए ।
यस्तै, सीइओ अर्यालले व्यवस्थापनलाई सहि रुपमा परिचालन गर्न ठूलो चुनौती रहेपनि आफुले सही व्यवस्थापना गर्ने बताएका छन् । ‘सबै संचालक र कर्मचारीको सहयोग पाउने अपेक्षा गरेको छु,’ उनले भने ।