जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • लगानीकर्तालाई धेरै प्रतिफल दिन सक्दाे प्रयास गर्नेछु : सीईओ अर्याल

लगानीकर्तालाई धेरै प्रतिफल दिन सक्दाे प्रयास गर्नेछु : सीईओ अर्याल

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्यालले  लगानीकर्तालाई धेरै प्रतिफल दिन आफुले सक्दो प्रयास गर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार शुभारम्भको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मर्जर पश्चात् कुमारी बैंक विभिन्न सूचकमा टप पोजिसनमा हुने र त्यसलाई आफुले निरन्तर राख्ने बताए । उनले वित्तीय स्थायित्व र वित्तीय प्रणालीलाई सहि दिशामा अघि बढाउन र दुई बैंकलाई एक आपसमा गाभ्ने नीति अनुसार मर्जर गरेको बताए ।

यस्तै, सीइओ अर्यालले व्यवस्थापनलाई सहि रुपमा परिचालन गर्न ठूलो चुनौती रहेपनि आफुले सही व्यवस्थापना गर्ने बताएका छन् । ‘सबै संचालक र कर्मचारीको सहयोग पाउने अपेक्षा गरेको छु,’ उनले भने ।

1920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका