जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • सनराइज बैंकले जुम्लाबाट सुरु गर्यो डिजिटल वित्तीय साक्षरता कार्यक्रम

सनराइज बैंकले जुम्लाबाट सुरु गर्यो डिजिटल वित्तीय साक्षरता कार्यक्रम

सनराइज बैंकले जुम्लामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सो वित्तीय साक्षरता कार्यक्रममा १२० विद्यार्थी र स्थानिय जनताको सहभागिता रहेको थियो ।

अहिलेको समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भइरहेको अवस्थामा डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न बैंकले डिजिटल साक्षरता कार्यक्रमको सुरुवात जुम्लाबाट गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मिस्डकल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यूआर भुक्तानी लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्ने तथा सुरक्षित बैंकिङ्ग कसरी गर्ने भन्ने बारेमा जानकारी दिइएको थियो । 

वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुच पुगोस्, डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनुन्, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन सकियोस् र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउन सकियोस् भन्ने उद्देश्य साथ देशव्यापी रुपमा वित्तिय साक्षरता कार्यक्रम गर्न लागेको बैंकले जनाएको छ ।

1985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?