जोडिनुहोस
मङ्लबार, माघ २१, २०८२
मङ्लबार, माघ २१, २०८२
  • होमपेज
  • सिद्धार्थ बैंक ‘दि एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२’ बाट सम्मानित

सिद्धार्थ बैंक ‘दि एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२’ बाट सम्मानित

सिद्धार्थ बैंक लिमिटेड ‘दि एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२’अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपाल प्रालिले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई ‘एचआरएम– कर्पोरेट एक्सिलेन्स इन फाइनान्सियल  इन्टिच्युसन’ को विधामा उक्त अवार्डबाट सम्मान गरिएको हो ।

पौष १४ गते आयोजना गरिएको उक्त अवार्ड सिद्धार्थ बैंकका मानव संसोधन तथा विप्रेषण व्यवसाय एकाइका प्रमुख पंकज पन्तले ग्रहण गरेका थिए  । ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको छ ।

यस खुशीको अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

3005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका