सेञ्चुरी कमर्सियल बैंकलाई गाभ्न प्रभु बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका छ । प्रभुले सेञ्चुरी बैंकलाई १ बराबरको अनुपातमा प्राप्ति गर्न लागेको हो ।
सोमबार बसेको राष्ट्र बैंकको संचालक समितिको बैठकले यी दुवै बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको बताइएको छ । अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि दुवै बैंकलाई एकीकृत कारोबार थालनीको बाटो खुला हुनेछ ।
राष्ट्र बैंकले मौद्रिक नीति मार्फत पुस मसान्तसम्म मर्जरको एकीकृत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले मात्रै छुट तथा सुविधाहरु पाउने व्यवस्था गरेको छ । सो व्यवस्था बमोजिम प्रभु र सेञ्चुरी बैंकले पुस अघिनै एकीकृत कारोबार गर्ने तयारी गरेको बताइएको छ । मर्जपछि बैंकको नाम प्रभु नै रहनेछ । बैंकको चुक्ता पुँजी २२ अर्ब बढी हुनेछ । हाल प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड र सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ बढी छ ।
मर्जपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन हुनेछन् भने डेपुटी सीईओमा सेञ्चुर बैंकका तर्फबाट मनोज न्यौपाने रहनेछन् ।