जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • ब्याज आम्दानीले निफ्राको नाफामा उछाल

ब्याज आम्दानीले निफ्राको नाफामा उछाल

ब्याज आम्दानी झन्डै ६१ प्रतिशत बढेपछि नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) को नाफा ७६ करोड रुपैयाँ नाघेको छ। बैंकले चालु आवको दोस्रो त्रैमाससम्म ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

पोहोर ४४ करोड २६ लाख रुपैयाँ सिमित थियो। यो ७३ प्रतिशतको वृद्धि हो।

बैंकको ब्याज आम्दानीमा उल्लेख्य सुधार छ। पोहोर ८२ करोड ३५ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी पुस मसान्तसम्म आइपुग्दा एक अर्ब ३२ करोड रुपैयाँ नाघेको हो। ६०.८८ प्रतिशतले ब्याज आम्दानी बढेको छ।

यसै अवधिमा कर्जा परिचालनमा १४४ प्रतिशतको वृद्धि छ। पुससम्म बैंकले कुल १९ अर्ब ८२ करोड रुपैयाँ ऋण दिएको हो। पोहोर पुसमा ८ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी भएको थियो।

बैंकको वितरण योग्य नाफा पनि ७३.२७ प्रतिशतले सुधारिएको छ। पोहोर ३४ करोड ८६ लाख रुपैयाँ रहेक यस्तो नाफा अहिले ६० करोड ४१ लाख रुपैयाँ छ।

बैंकको चुक्ता पुँजी भने बोनस सेयर वितरणका कारण थोरै बढेको छ। यसका बाबजुद प्रति सेयर आम्दानी बढेको देखिन्छ। दोस्रो त्रैमासको अन्त्यसम्म बैंकको प्रति सेयर आम्दानी ७.०९ रुपैयाँ छ। र प्रति सेयर नेटवर्थ १०७.७३ रुपैयाँ छ।

3615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका