सिसि क्यामरासमेत कागजले छोपेर एटिएम मेशिन फुटाउन खोज्ने दुई जना पक्राउ परेका छन् । एनआईसी एशिया बैंक, नेपाल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकका एटिएम मेशिन फुटाउन खोज्नेहरु पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार पक्राउ पर्नेहरूमा जिल्ला उदयपुर गाईघाट नगरपालिका वडा नम्बर ७ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने वर्ष २१ का सुशील चाम्लिङ राई र जिल्ला लम्जुङ मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ४ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने वर्ष २१ का अर्जुन भन्ने लुबहादुर गुरुङ रहेका छन् ।
पक्राउ परेका गुरुङ र राईलाई चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गत चोरी उद्योग मुद्दामा बुधबार अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रियाअगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।