जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • होलीको टिकट आईएमई पेबाट किन्न सकिने

होलीको टिकट आईएमई पेबाट किन्न सकिने

आईएमई पेले यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरुसँग आबद्ध भइ सो इभेन्टहरुको टिकट प्रदाएकको रुपमा रहने जानकारी सार्वजनिक गरेको छ ।

ग्राहकहरुलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उदेश्यका साथ आईएमई पेले होली इभेन्ट टिकटिङ सुबिधा प्रदान गरेको हो ।

आईएमई पेमा ग्राहकवर्गहरुले ३ फरक–फरक होली इभेन्टको टिकट प्राप्त गर्न सक्ने छन्। जसमा कलरेल्ला: अन्नपूर्ण होटल,कलर स्प्ल्यास: द मल्ल होटल, होली फिएस्ता २०२३: सिद्दार्थ बुटिक होटल रहेका छन् ।

यि इभेन्टहरु क्रमशः रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट, र अर्बन इन्टरटेनमेन्ट आयोजना गरेका हुन् । ग्राहकले आइएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मूल्य भन्दा थोरै मूल्यमा पाउन सक्ने कम्पनीले जनाएको छ । टिकट खरिद गर्न, आइएमई पे एपको ‘इभेन्ट’ सेवा भित्र उपलब्ध छ ।

3005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्