जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • पृथ्वीबहादुर शाहको खातामा रहेको २० करोड रुपैयाँभन्दा बढी रकम बैंकमै ‘होल्ड’

पृथ्वीबहादुर शाहको खातामा रहेको २० करोड रुपैयाँभन्दा बढी रकम बैंकमै ‘होल्ड’

शंकास्पद धन नेपाल भित्राएको आरोपमा पक्राउ परेका पृथ्वीबहादुर शाह र उनका भाइलाई थुनामा राख्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंले सोमबार उनीहरुलाई थुनामा पठाउन आदेश दिएको हो।

त्यस्तै बाजेको पहलमान शाहको नाममा जिल्ला अछाम, साविक दर्ना गाविस वडा नं २हाल परिवर्तित वान्नीगढी जयगढ गाउँपालिका वडा नं ६ अ. १०० रोपनी जग्गा रहेको छ, सोही जग्गामा कच्ची घर रहेको खुलेको छ।

उनले सेयरमा समेत लगानी गरेका छन्। प्रभु क्यापिटल, समेरु सेक्युरिटी प्रा. लि.,कोइनुर सेक्युरिटी प्रा.लि. समेतमा उनको डिम्याट अकाउन्ट रहेको छ। अन्दाजी ३० लाख जतिको शेयर लगानी रहेको उनले बयानमा बताएका छन्।

त्यस्तै ६० तोला जति सुन गोल्ड लोन नेपाल बैंक लि. कुपन्डोल शाखामा रहेको बताएका थिए। उनले दाबी गरेको सम्पतीमा थपघट हुने हुँदा यसमा स्वतन्त्र रुपमासम्बन्धी निकायबाट अनुसन्धान पनि भइरहेको छ।

2860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?