जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • रवि लामिछाने विरुद्धको रिट निवेदन खारेज

रवि लामिछाने विरुद्धको रिट निवेदन खारेज

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुनुपर्ने माग दाबीसहित परेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाइएको रिट निवेदन खारेज गरेको हो । युवराज सफलले लामिछाने दोस्रोपटक समेत सांसद हुन अयोग्य भएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउन र सपना प्रधान मल्लको इजलासले दावी नपुग्ने भन्दै रिट निवेदन खारेज गरेको हो ।

उनले अमेरिकी नागरिकता त्यागेको ३ महिना नवित्दै फेरि सांसद बनेकाले पद खारेज हुनुपर्ने दावी गरेका थिए । यति हुँदा पनि रवि लामिछानेको उमेद्वारी रद्ध नगरेको र पछि सांसद पद खारेज नगरेको भनी निर्वाचन आयोगलाई पनि विपक्षी बनाएका थिए ।

पहिलोपटक सांसद पद खारेज भएपछि रवि लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र लिई फेरि प्रतिस्पर्धा गरेर सांसद भएका थिए ।

अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागेको निस्सा पेश नगरी प्रशासनबाट नागरिकता लिएको भन्दै रिट निवेदनमा त्यसमाथि छानबिन गरेर उनको नागरिकता खारेज गर्न अनि उनलाई पनि सांसद पदबाट मुक्त गर्न माग दाबी थियो ।

3110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका