जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु बैंकका ग्राहकले बरेवा दरबार होटेल सेवा लिँदा विशेष छुट पाउने

प्रभु बैंकका ग्राहकले बरेवा दरबार होटेल सेवा लिँदा विशेष छुट पाउने

प्रभु बैंक र कलैयास्थित बरेवा दरबार होटेल एन्ड ब्यांक्वेट बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सहमति भएको छ। सहमतिपत्रमा बैंकका तर्फबाट कलैंया शाखा कार्यालय प्रमुख मुकेशप्रसाद गुप्ता र बरेवा दरबार होटेलका तर्फबाट अध्यक्ष किरण विक्रम शाहले हस्ताक्षर गरेका छन ।

सहमतिअनुसार बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले बरेवा दरबार होटेलबाट सञ्चालित लजिङ सेवामा र फुड ( २ हजार रुपैयाँ माथिको अर्डर) सेवामा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ।

उक्त सहमति अन्तर्गत बरेवा दरबार होटेलमा सुविधा लिन चाहने बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा उल्लेखित सेवाहरुमा आकर्षक छुट पाउने व्यवस्था मिलाइएको छ । यस सहमतिबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुनेमा बैंकको विश्वास छ।

3505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका