जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कुमारी क्यापिटलको सीइओमा पुष्प शर्मा

कुमारी क्यापिटलको सीइओमा पुष्प शर्मा

कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पुष्प शर्मा नियुक्त भएका छन्। आइतबार बसेको संचालक समितिको बैठकले शर्मालाई चयन गरेको हो।

सीइओ शर्मा यसअघि कुमारी क्यापिटलमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको पदमा थिए। त्यसअघि नेपाल एसबीआई मर्चेण्ट बैंकिङमा आवद्ध थिए। उनले त्यहाँ प्रमुख वित्त अधिकृत तथा निमित्त प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी सम्हालेका हुन्।

बैंकिङ तथा वित्तीय क्षेत्रमा १३ वर्षभन्दा लामो अनुभव भएका सीइओ शर्माले सोमबारदेखि पद सम्हालेका छन्। उनको कुशल व्यवस्थापकीय क्षमताले क्यापिटलको व्यवसाय विस्तार हुने कम्पनीको दाबी छ।

3420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका