जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बेैंकद्वारा शौचालय निर्माणकामा सहयोग

महालक्ष्मी विकास बेैंकद्वारा शौचालय निर्माणकामा सहयोग

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको बिर्तामोड शाखाले महेन्द्र रत्न माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि रु. दुई लाख पचहत्तर हजार (रु.२,७५,०००) रुपैयाको आर्थिक सहयोग प्रदान गरेको छ ।

काठमाडौंमा सम्पन्न एक कार्यक्रमका बीच बंैकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय ज्युले रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष निकिता गिरीलाई उल्लेखित रकमको चेक हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य संजय गिरी लगायत बैंक तथा रोटरी क्लबका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । रोटरी क्लब अफ बिर्तामोडले अन्य स्थानिय स्रोतबाट रकम संकलन गरि निर्माण कार्य सम्पन्न गर्ने छ ।

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

8020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?