जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ७ महिनामा ८.८६ अर्ब सेयर धितो कर्जा प्रवाह

७ महिनामा ८.८६ अर्ब सेयर धितो कर्जा प्रवाह

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सेयर बजारमा लगानी गर्नेहरु बढेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनामा सेयर धितो कर्जा ११.६ प्रतिशतले बढेको छ।

चालु वर्ष माघसम्म बैंकहरुले ८५ अर्ब १७ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन। गत असारको तुलनामा यो रकम ८ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ बढी हो।

गत असारसम्म बैंक तथा वित्तीय संस्थाले ७६ अर्ब ३० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए।

ठूला लगानीकर्ताले सेयर धितो कर्जा बढाएको तथ्यांकले देखाउँछ। राष्ट्र बैंकका अनुसार ७ महिनामा १ करोड रुपैयाँभन्दा बढी सेयर धितो कर्जा ७ अर्ब ५५ करोड रुपैयाँले बढेको छ।

यो रकम गत असारको तुलनामा १६.९ प्रतिशतले बढी हो। हालसम्म १ करोडभन्दा बढीको सेयर धितो कर्जा ५२ अर्ब २६ करोड रुपैयाँ प्रवाह भएको छ।

५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा १.२ प्रतिशत, २५ देखि ५० लाखसम्मको ८ प्रतिशत र २५ लाखभन्दा कमको कर्जा १.५ प्रतिशतले बढेको छ।

980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका