जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • शिव शिखर सहकारीका सञ्चालकसहित १९ जनाविरुद्ध ठगी मुद्दाः ७८ करोड बिगो, ८ वर्ष कैद सजाय माग

शिव शिखर सहकारीका सञ्चालकसहित १९ जनाविरुद्ध ठगी मुद्दाः ७८ करोड बिगो, ८ वर्ष कैद सजाय माग

शिव शिखर बहुद्देश्यीय सहकारीका सञ्चालकविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ठगी अभियोगमा मुद्दा दायर गरेको छ । सहकारीका बचतकर्ताको अर्बौं ठगेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका आधारमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

कार्यालयले सहकारीका सञ्चालकलाई सहकारी ठगी र संगठनिक अपराधमा मुद्दा चलाएको छ । सहकारीका १ हजार १४५ बचतकर्ताको ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । सहकारीका सञ्चालकले २१ हजार ३६९ जना बचतकर्ताको २ अर्ब ११ करोड ५२ लाख ६२ हजार ३०० रुपैयाँ मध्ये ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ बचत फिर्ता नगरी हिनामिना गरेको भनी जाहेरी प्राप्त भएकोमा बचतकर्ताको ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ माग दाबी गरिएको छ ।

यस्तै सहकारीका सञ्चालकहरुले संगठित अपराध गरेको भन्दै ६ देखि ८ वर्ष कैद सजाय माग दाबी गरेको छ ।
प्रतिवादीहरु केदारनाथ शर्मा, सुशिल बाँनिया, भोजराज पौडेल, तेज बहादुर तामाङ, पुष्कर मल्ल, दिपक बहादुर ऐर, राजु साखकर्मी, अमिशराज भण्डारी, लिलानाथ गौतम, गिता शर्मा, रसना शाक्य, शिव प्रसाद पौड्याल, रमेश खाईजु, शुर्दशन कपाली, कुमार श्रेष्ठ, त्रिचन्द्र सुवेदी, शमिना श्रेष्ठ, प्रदिप भट्टराई र बाल मुकुन्द कपालीले सहकारी ऐन अन्तगर्तको कसूर गर्न संगठित अपराध गरेको देखिएको छ ।

साविकको शिखरदीप बहुउदेश्यीय सहकारी संस्था सानोठिमी १५ भक्तपुरको नाममा रहेको बा ८९ प १२९४ नं को स्कुटर एक थान आवश्यक कारवाहीको लागी कसूरजन्य सम्पति व्यवस्थापन विभाग पठाईएको छ ।

प्रतिवादीहरुको खातामा जम्मा रहेको १५ लाख ५७ हजार ९०७ रुपैयाँ अनुसन्धानको क्रममा रोक्का रहेकोमा स्कूटर र बैकमा रहेको रकम १५, लाख ५७ हजार ९०७ रुपैयाँ संगठित अपराध निवारण ऐन, २०७० को दफा ५१ वमोजिम जफत गरिपाउन मागदाबी लिइएको जनाएको छ । सक्कल मिसिल र पक्राउ प्रतिबादीहरु केदारनाथ शर्मा, रसना शाक्य, रमेश खाईजु र शिव प्रसाद पौड्याललाई यसै साथ पेश गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार सहकारीका अध्यक्ष केदारनाथ शर्मा, उनकी श्रीमती तथा शिखर अर्गनाइजेशनका निर्देशक गीता शर्मा, सहकारीको लेखा समितिका पदाधिकारी शिवप्रसाद पौड्याल, गार्डेन मार्टका प्रबन्धक तथा सहकारीको लेखा समितिका सदस्य रमेश खाइजु, सहकारीका प्रबन्धक तथा खाता सञ्चालक रसना शाक्य, शिखर अर्गनाइजेशनका मेनेजर पुस्कर मल्ल, संस्थाको सञ्चालक समितिका सदस्य अमिश राजभण्डारीलाई प्रतिवादी बनाइएको छ ।

यस्तै शिखर बहुउदेश्यीय सहकारी संस्था भक्तपुरका अध्यक्ष शुसिल बानियाँ, सहकारीका सचिव तथा गोरखा टि एण्ड कफिका अध्यक्ष तेज बहादुर तामाङ, सहकारीका सदस्य राजु शाखकर्मी, सञ्चालक दिपक बहादुर ऐर, सहकारीका व्यवस्थापक लिलानाथ गौतम, शिखर सहकारीका उपाध्यक्ष भोजराज पौडेल, सहकारी लेखा समितिका पदाधिकारी, कौशलटारका प्रबन्धक तथा न्यूरोड सेवा केन्द्रका सञ्चालक शुदर्शन कपाली, शिखर टोवाको ईन्डष्ट्रिजका सञ्चालक प्रदिप भट्टराई,सहकारीका ऋण अधिकृत त्रि चन्द्र सुवेदी, लेखासुपरिवेक्षण समितिका सदस्य कुमार श्रेष्ठ, लेखा अधिकृत शमिना श्रेष्ठ र ऋण अधिकृत बालकमुकुन्दू कपाली प्रतिवादी रहेका छन् । १९ जना प्रतिवादीमा १२ जना फरार रहेका छन् ।

2235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?