जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अबको बजेट मितव्ययी हुन्छ, चानचुने परियोजनालाई रकम दिँदैनौँ: अर्थमन्त्री

अबको बजेट मितव्ययी हुन्छ, चानचुने परियोजनालाई रकम दिँदैनौँ: अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाश शरण महतले अबको बजेट मितव्ययी हुने बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघका पदाधिकारी र अग्रज पत्रकार सँगको भेटमा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अबको बजेट मितव्ययी हुन्छ, चानचुने परियोजनालाई रकम छुट्याइदैन ।’ यसका साथै उनले यो वर्ष राजस्वको लक्ष्य नै बढी रहेकोले  पुरा नभएको समेत बताए ।  ‘विगतमा उच्च लक्ष पनि पुरा हुन्थ्यो तर यो वर्ष भएन’, उनले भने ।

बाह्य आर्थिक गतिविधिको असरदेखि आयातमा गरिएको कडाइले यस्तो अवस्था आएको उनले जिकिर गरे। अर्थमन्त्रीले अर्थतन्त्रमा कस्तो हल्ला चलाइन्छ भन्ने कुराको पनि महत्त्व हुने हुनाले यस्तो भएको बताए।

यो मुलुकलाई केन्द्रमा राखेर आफूले काम गर्ने सवालमा शङ्का नगर्न अर्थमन्त्री डा. महतले अनुरोध गरे। जानी नजानी र नियतवश समेत कहिले काहीँ त्यस्तो गर्ने गरिएको उनले गुनासो पोखे।

आसन्न बजेटमा साधारण खर्चमा मितव्ययिता अपनाउने उनले बताए। तलब भत्ता जस्ता विषयमा बाहेक खर्च नगर्दा पनि हुने खर्च पूर्ण रूपमा घटाउने उनले बताए। पुँजीगत खर्चमा वृद्धि गर्न हाल भएका समस्याहरुको अन्त्य गर्न लागी पर्ने उनले बताए। अबको बजेटमा पुँजीगत खर्च गर्ने क्षेत्र प्राथमिकताको आधारमा तय गर्ने  कनिका छरे जस्तो गरेर योजना तर्जुमा नगरिने उनले जानकारी दिए ।

विगतमा आफूले गरेको कामको प्रचार नगरेकोमा अब त्यसमा सुधार गर्ने र सञ्चार माध्यम सँग सहकार्य गर्ने र सही सूचना लिने दिने काममा आफू लागि पर्ने उनले पत्रकारको समक्ष प्रतिबद्धता समेत व्यक्त गरे।

1175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका