जोडिनुहोस
बुधबार, पुस २, २०८२
बुधबार, पुस २, २०८२
  • होमपेज
  • समृद्धि फाइनान्सको वित्तीय साक्षरता र तीजविशेष कार्यक्रम

समृद्धि फाइनान्सको वित्तीय साक्षरता र तीजविशेष कार्यक्रम

समृद्धि फाइनान्सले शुक्रबार पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समूहको हलमा श्रमजीवी महिला काष्ठ हस्तकला उद्योगका २७ महिला सदस्यहरुलाई वित्तीय साक्षरता तथा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ।

गैरसरकारी संस्था महासंघ बागमती प्रदेशकी अध्यक्ष आरती पाठकको आतिथ्य तथा सामुदायिक विकास तथा सचेतना नेपालको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो। फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमहरुको सूचीमध्ये भदौ महिनाका लागि तय भएको कार्यक्रमहरुको रुपमा वित्तीय साक्षरता तथा तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा श्रमजीवी महिला काष्ठ हस्तकला उद्योगका महिला सदस्यहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धि ज्ञान, बचतको फाइदा र समृद्धि फाइनान्सको महिला लक्षित योजनाहरुका बारेमा प्रस्तुति दिनुका साथै उनीहरुलाई हरितालिका तीजको उपलक्ष्यमा शृंगारका सामग्री वितरण गरी दर कार्यक्रम सम्पन्न गरिएको फाइनान्सले जनाएको छ।

समृद्धि फाइनान्सले भदौ महिनामा महिला विशेष अभियानहरु चलाइरहेको छ। यस महिनामा समृद्धि फाइनान्समा समृद्धि गृह लक्ष्मी बचत खाता खोली उच्च ब्जादरको प्रतिफलका साथै निःशुल्क डिजिटल बैंकिङको फाइदा लिन सक्नेछन्।

2440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका