जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • बुवाको मुख हेर्ने दिनमा आइएमई पेले ल्यायो अफर

बुवाको मुख हेर्ने दिनमा आइएमई पेले ल्यायो अफर

नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘Memories with Father: Share the Joy’ नामक अफर सार्वजनिक गरेको छ।

भदौ २६ गतेदेखि भदौ २८ गते सम्म चल्ने यो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाको मीठा, रमाइला र यादगार पललाई समेटेर कमेन्ट लेख्ने र #babarama पनि राखेर पोस्ट गर्नुपर्नेछ।

तीमध्ये सबैभन्दा उत्कृष्ट (रोमाञ्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने र विजेताहरुलाई ह्युमन फिटको रु. ५ हजारबराबरको गिफ्ट ह्याम्पर उपहारस्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ।

2800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका