जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • विकास बैंकहरुले पनि ब्याजदर घटाए !

विकास बैंकहरुले पनि ब्याजदर घटाए !

विकास बैंकहरुले पनि कार्तिक महिनाको लागि ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदर सार्वजनिक गर्ने ९ विकास बैंकलेमध्ये सबै बैंकले ब्याजदर घटाएका छन् ।

गरिमा विकास बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंकले ०.७५ प्रतिशतले ब्याजदर घटाएका हुन् । त्यस्तै, लुम्बिनी विकास बैंकले १.७५ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंक ले ०.२० प्रतिशतले ब्याजदर घटाएका हुन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रियको छ भने कर्जा विस्तार हुन सकेको छैन । त्यसैले बैंकहरुलाई ब्याजदर घटाउनुको विकल्प थिएन ।

निक्षेपको ब्याजदरसँगै अब कर्जाको ब्याजदर पनि घट्दै जानेछ । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत बिन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । सोहीअनुसार विकास बैंकहरुले कात्तिका लागि नयाँ ब्याजदर निर्धारण गरेको छन् ।

1940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?