जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • फिफा विश्वकप छनोटमा आज राति नेपाल र यूएई भिड्दै, कस्तो छ विपक्षी टोली ?

फिफा विश्वकप छनोटमा आज राति नेपाल र यूएई भिड्दै, कस्तो छ विपक्षी टोली ?

फिफा विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘एच’ अन्तर्गतको खेलमा आज राति साढे ९ बजे अल मेकटाउन स्टेडियममा खेल सुरु हुनेछ।

Tata
GBIME
समूह ‘एच’ मा रहेको नेपालले विश्‍वकप र एसिया कपको छनोटका लागि बहराइन, यूएई र यमनसँग होम एन्ड अवेमा प्रतिस्पर्धा गर्नुपर्नेछ। समूह ‘एच’ मा रहेको यूएई सबैभन्दा माथिल्लो वरीयताको टोली हो। उसो त समूहका सबै टोलीको फिफा वरीयता नेपालको भन्दा माथि छ। यूएई ६९ औं, बहराइन ८३ औं र यमन १५६ औं स्थानमा छन्।

अघिल्लो वर्ष विश्‍वकप विजेता अर्जेन्टिनासँग समेत खेलेको यूएईले पछिल्ला ६ खेलमा हार ब्यहोरेको छैन। लेबनान, कुवेत, कोस्टारिका र थाइल्याण्डलाई हराएको यूएईले ताजकिस्तान र कतारसँग बराबरी खेलेको थियो।

नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एनेसेल यूएई बलियो टोली भएको भन्दै नेपालले त्यही अनुरुप तयारी गरेको बताए।

‘हाम्रो टोलीमा युवा खेलाडीहरुको बाहुल्यता छ। त्यसैले यो टोलीमा जोश छ। प्रशिक्षकको रुपमा मेरो टोलीले धेरै बलिया टोलीहरुसँग खेलेको मसँग अनुभव छ,’ भेन्सेन्जोले खेलको पूर्वसन्ध्यामा प्रिम्याच कन्फ्रेन्समा भने, ‘त्यसैले बलिया टोलीहरुको स्तरबाट जानकार छौं। यूएई पनि राम्रो टोली हो तर डराएका छैनौं।’

उनले यसलाई हरेक पटक आउने नयाँ चुनौतीको रुपमा लिने बताउँदै यूएईको नाम चलेको पोर्चुगीज प्रशिक्षकसँग मैदानमा आमने सामने हुँदैगर्दा उत्साहित पनि भएको बताए।

त्यस्तै नेपाली टोलीका कप्तान किरण चेम्जोङले नेपालले बलिया टोलीसँग खेलेको अनुभव भएको बताउँदै यूएईविरुद्ध खेलका लागि तयार भएको बताए।

‘पछिल्लो विश्वकप छनोटमा पनि अस्ट्रेलियन टिमसँग पनि खेलेको अनुभव छ। जहाँ मैले धेरै राम्रा खेलाडीहरुसँग खेल्ने मौका पाए। म आफ्नो टिमको रक्षा गर्न तत्पर छु,’ उनले भने।

यूएई प्रमुख प्रशिक्षक पाउलो बेन्टोले नेपाललाई कमजोर टोलीका रुपमा नलिने बताएका छन्। उनले कुनै पनि टोलीलाई कमजोर रुपमा लिनु भूल हुन सक्ने बताए।

‘फिफा वरीयतामा हामी भन्दा पछाडि भए पनि नेपाललाई हामी सजिलो टोली रुपमा लिनेछैनौं। कुनै पनि प्रतिद्वन्दीलाई कम आँक्नु पनि हुँदैन। हामी आफ्नो स्तरअनुसार नै प्रदर्शन गर्नेछौं,’ उनले भने, ‘हामीले लामो तयारी गरेका छौं। हामीले नेपालविरुद्ध स्पष्ट तीन अंक जोड़नलाई खेल्नेछौ। हामी समूहमा उत्कृष्ट हुने प्रयासमा छौं।’

विश्‍वकपको एसिया छनोटको पहिलो चरणमा नेपालले लाओसलाई होम र अवे गरि समग्रमा २-१ गोलको जित निकाल्दै समूह चरणमा स्थान बनाएको थियो। दोस्रो चरण विश्‍वकप छनोटका साथसाथै एसिया कप छनोटका लागि पनि उत्तिकै महत्वपूर्ण छ।

2490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका