जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • मुक्तिनाथ कृषि कम्पनीको शेयर नेप्सेमा सूचीकृत

मुक्तिनाथ कृषि कम्पनीको शेयर नेप्सेमा सूचीकृत

मुक्तिनाथ विकास बैंक मुख्य प्रवद्र्धक रही कृषि क्षेत्रमा देखिएका समस्याहरुको संस्थागत रुपमा दीगो समाधानमा अग्रणी भूमिका पूरा गर्ने गरी स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी भोलि मिति २०८० साल मंसिर २८ गते विहीबारदेखि विधिवत रुपमा नेपाल स्टक एक्सचेञ्जमा कारोबार भएको छ ।

कम्पनी स्थापनाको ५ वर्ष भित्रमा सर्वसाधारणमा सेयर निस्कासन गरी निजी क्षेत्रबाट कृषिमा योगदान दिन पहिलो पब्लिक लिमिटेडको रुपमा मुक्तिनाथ कृषि कम्पनी सञ्चालनमा रहेको छ । स्थानीय सरकार, सामुदाय र सहकारी संस्थाहरुसंगको साझेदारी तथा सहकार्यमा स्थानीय माग र आवश्यकता बमोजिमको कृषि सम्बन्धी सेवाहरु प्रदान गर्न कम्पनीले सातै प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालयहरु स्थापना गरी सकेको छ भने, ७७ ओटै जिल्लाहरुमा ४०० भन्दा बढी व्यवसायिक साझेदारहरु मार्फत पहूँच विस्तार गरी सकेको छ ।

कषि उत्पादन बृद्धिको लागि आवश्यक पर्ने सबै प्रकारका श्रोत साधनहरुको गुस्तरीय उपलब्धता, उत्पादित कृषि उपजहरुको बजार व्यवस्थापन र विशेषज्ञ प्राविधिक परामर्श सेवा सहितको सेवाहरु प्रदान गर्न संस्थागत संरचना नै दीगो र पारदर्शी हुने भएकोले मुक्तिनाथ कृषि कम्पनी पब्लिक लिमिटेड कम्पनीको रुपमा अगाडि आएको हो ।

3480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका