जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकद्वारा महिला जागृती तथा वृद्धा आश्रमलाई सहयोग

सिटिजन्स बैंकद्वारा महिला जागृती तथा वृद्धा आश्रमलाई सहयोग

सिटिजन्स बैंक इन्टरनेशनलले विराटनगरको बुढीगंगा गाँउपालिका १, पुष्पलाल चोकमा रहेको महिला जागृती तथा वृद्धा आश्रमलार्ई सहयोग गरेको छ ।

ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको संस्थालाई सिटिजन्स बैंक इन्टरनेसनलले ६ महिनालाई पुग्ने दैनिक उपभोग्य खाद्यान्न सामाग्री र अन्य सामाग्रीहरु उपलब्ध गराएको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम संचालन भइरहेको छ ।

वृद्धा आश्रममा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त सहयोग सामग्रीहरु हस्तान्तरण गरे । पोखरेलले एक वृद्धा महिलाले संचालन गरेर समाजमा अनुकरणिय काम गर्दै आएको संस्थालाई सहयोग प्रदान गर्न पाँउदा आफूलाई धेरै खुसी महशुस भएको बताए ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बताए ।

2815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका