जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नेशनल लाईफ इन्स्योरेन्सले मनायो ३७ औं वार्षिकोत्सव

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नेशनल लाईफ इन्स्योरेन्सले मनायो ३७ औं वार्षिकोत्सव

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३६ औं वर्ष पुरा गरि ३७ औं वर्षमा प्रवेश गरेको छ। शुक्रबार कम्पनीले विभिन्न कार्यक्रम गरि आफ्नो ३७ औं वार्षिकोत्सव मनाएको हो।

वार्षिकोत्सव कार्यक्रमको अवसरमा लाजिम्पाटस्थिट कम्पनीको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम संचालन गरिएको थियो। ५० भन्दा बढी कर्मचारीहरुले सो अवसरमा रक्तदान गरेका थिए।

यस्तै, कम्पनीदे देशभर रहेका ५३ वटा बाल र वृद्ध आश्रमहरुमा खानासमेत खुवाएको छ। साथै, अपाङ्गता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टि विहिन व्यक्तिहरुलाई सेतो छडी पनि वितरण गरिएको छ।

कम्पनीले विगत वर्षमा जस्तै चालु वर्षमा पनि राम्रो व्यवसायिक प्रगति गरेको जनाएको छ।

कम्पनीको जीवन बीमा कोषमा ७१ अरब रुपैयाँ बराबर रकम जम्मा भएको छ। आर्थिक वर्ष २०७८÷०९ बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ। कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको जनाएको छ।

आर्थिक वर्ष २०७८÷०७९ को बीमाङ्कीय मूल्यांकन पश्चात बीमितलाई न्यूनतम प्रति हजार ६३ रुपैयाँ देखि अधिकतम् प्रति हजार ८५ रुपैयाँ सम्म प्रदान गरेको कम्पनीले जनाएको छ।

कम्पनीको ११७ शाखा कार्यालयमा ५०० कर्मचारी कार्यरत छन् भने १ लाख भन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् ।

कम्पनीले स्थापनाकाल देखि २०८० साल पौष मसान्त सम्म कूल बीमाशुल्क आम्दानी १०२ अर्ब ३० करोड रुपैयाँ आर्जन गरेको जनाएको छ। कूल ४५ लाख ५६ हजार बीमालेख जारी गरेको कम्पनीले कूल ३७ अर्ब ४९ करोड बराबर बीमा दावी भुक्तानी गरिसकेको छ।

3065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका