जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बैंक अफ काठमाण्डूले ल्यायो रिकरिङ र रिभर्स रिकरिङ खाता

बैंक अफ काठमाण्डूले ल्यायो रिकरिङ र रिभर्स रिकरिङ खाता

ग्राहकको भविष्य तथा वर्तमानको वित्तीय योजनाहरुमा सहयोग पुर्याउने हेतुले बैंक अफ काठमाण्डू लिमिटेडले ११.०३ प्रतिशतको उच्चतम ब्याजदर भएको बीओके रिकरिङ र रिभर्स रिकरिङ निक्षेप खाताहरु सार्वजनिक गरेको छ।

वित्तीय ब्यवस्थापन कसरी गर्ने भन्ने सोचमा रहेका ग्राहकका लागि विभिन्न आकर्षक सुविधाका साथ उच्चतम ब्याजदरसहितको वित्तीय ब्यवस्थापनको सुविधाहरु भएको यस निक्षेप खाताहरुले सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

आजको स–साना बचतले भविष्यको ठूला वित्तीय आवश्यकताहरु सहज रुपमा ब्यवस्थापन हुन्छन् भन्ने मान्यतालाई आत्मसाथ गर्दै बैंकले ग्राहकको वित्तीय ब्यावस्थापनसहित ११.०३ प्रतिशतको उच्चतम ब्याज आम्दानीको सुनिश्चिताका लागि यस रिकरिङ निक्षेप खाता ल्याएको हो।

यस निक्षेप खातामा बैंकले खातावाहकलाई त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नेछ। यस खातामा न्यूनतम् रु. १ हजारदेखि बचत गर्न सकिनुका साथै आफ्नो भविष्यको वित्तीय आवश्यकतामा ध्यानमा राखी क्रमिक रुपमा अथवा दैनिक, साप्ताहिक तथा मासिक रु. ५०० को गुणांकमा न्यूनतम १ वर्षदेखि अधिकतम १० वर्ष बचत गर्न सकिनेछ। यदि रिकरिङ निक्षेप खातावाहक ग्राहकलाई वित्तीय आवश्यकता भएमा सहुलियत ब्याजदरमा बचत रकमको ९०% सम्म कर्जा पाउने ब्यवस्था रहेको छ।

बीओके रिभर्स रिकरिङ निक्षेप खाता नेपालको वित्तीय क्षेत्रमा पहिलोपटक बैंकले सार्वजानिक गरेको हो। खातावाहक ग्राहकको वर्तमानको वित्तीय ब्यवस्थापनसहित आर्कषक ब्याजदरको व्यवस्था रहेको बीओके रिभर्स रिकरिङ निक्षेप खातामा एकमुष्ठ रकम बचत गरी आवधिक रुपमा आवश्यक रकम आफ्नो इच्छा तथा योजनाअनुसार अन्य खाताहरुमा रकमान्तर गर्ने सुविधा रहेको छ।

न्यूनतम कुल मौजदात रु. २ लाख भएको यस खातामा ग्राहकलाई वार्षिक ११.०३ प्रतिशतको उच्चतम ब्याज मासिक रुपमा आम्दानी हुनेछ। यस खातामा न्यूनतम १ वर्षदेखि अधिकतम् १० वर्षसम्मको वित्तीय ब्यवस्थापन अवधि रहेको छ।

यसका साथै रिकरिङ तथा रिभर्स रिकरिङ निक्षेप खातामा बैंकको क्रेडिट जारी शुल्कमा विशेष छुट पाउनुका साथै बचत रकमको ५०% सम्म क्रेडिट कार्ड सुविधा रहेको छ। हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

2365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका