जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सिभिल बैंक पहिलो पटक उक्लियो अर्बपति क्लबमा

सिभिल बैंक पहिलो पटक उक्लियो अर्बपति क्लबमा

सिभिल बैंक पहिलो पटक नाफामा अर्बपति क्लबमा पुगेको छ । सिभिल बैंक स्थापना भएपछि अहिलेसम्म नाफा १ अर्ब हुन सकेको थिएन । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार १ अर्ब ३८ करोड रुपैयाँ नाफा भएको जनाएको छ ।

घल्लो आर्थिक वर्षमा सिभिल बैंकको नाफा ५२ करोड ७७ लाख रुपैयाँ रहेको थियो । ९ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिभिल बैंकले सेयरधनीलाई वितरण गर्न सक्ने नाफा १ अर्ब भएको उल्लेख गरेको छ । यसबाट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।

बैंकले ब्याज आम्दानीबाट ३ अर्ब ६४ करोड कमाएको छ । अघिल्लो वर्ष ब्याज आम्दानीबाट अघिल्लो वर्ष २ अर्ब २१ करोड थियो । बैंकको पुँजीकोष अनुपात १६.०५ प्रतिशत छ ।

यस्तै कर्जा निक्षेप अनुपात ८५.४६ प्रतिशत छ । बेसरेट १०.४६ प्रतिशत छ । खराब कर्जा अनुपात १.०८ प्रतिशत छ । बैंकको स्प्रेडदर ४.२९ प्रतिशत छ । जुन अघिल्लो वर्ष २.५२ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी १५.२६ रुपैयाँ छ ।

सिभिल बैंकले हिमालयन बैंकसँग एक्विजेशनमा जाने सम्झौता गरेको छ । बैंकको अध्यक्षमा आएका प्रतापजंगा पाण्डे तथा प्रमुख कार्र्यकारी अधिकृत सुनिल पोखरेलको नेतृत्वमा पहिलो पटक नाफामा बैंकले रेकर्ड कायम गरेको हो ।

असार मसान्तसम्म बैंकको निक्षेप ९४ अर्ब ४९ करोड तथा कर्जा ८३ अर्ब ४४ करोड छ । अघिल्लो वर्ष असार मसान्तमा बैंकमा निक्षेप ८८ अर्ब तथा कर्जा ७९ करोड थियो ।

PHOTO-2022-08-06-08-18-05.jpg

2830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका