जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • बैंकहरूले ब्याज अनुदानबापतको १२ अर्ब पाएनन्

बैंकहरूले ब्याज अनुदानबापतको १२ अर्ब पाएनन्

बैंकहरूले दिँदै आएको सहुलियतपूर्ण कर्जा अहिले ठप्प छ । सहुलियत रूपमा उपलब्ध गराएको ऋणको ब्याजबापतको रकम सरकारले नदिएपछि अहिले बैंकहरूले यो कर्जा दिएका छैनन् ।

सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ जारी गर्दै उद्यमशीलता प्रवर्द्धन गर्न पाँच प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउँदै आएको थियो ।

पाँच प्रतिशतभन्दा बढी लाग्ने बैंकको ब्याज भने नेपाल राष्ट्र बैंकमार्फत सरकारले फिर्ता गर्नुपर्ने व्यवस्था छ । तर, गत एक वर्षदेखि यस्तो कर्जाबापतको भुक्तानी सरकारले गर्न सकेको छैन । ब्याज अनुदानबापत बैंकहरूले १२ अर्बभन्दा बढी प्राप्त गर्न बाँकी छ ।

यो रकम सरकारले भुक्तानी नगर्दा समस्या निम्तिएको नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला बताउँछन् । सरकारले बैंकहरूले पाउने रकम निकासा नगरेपछि सहुलियतपूर्ण कर्जा लगानी नभएको उनी बताउँछन् । “सरकारले राष्ट्रमा पठाउँछ । राष्ट्र बैंक थ्रु हामीलाई आउने हो,” उनले भने, “ब्याज अनुदानको रकम नपाउँदा हामी अलमलमा परेका छौँ । किन भने ग्राहकलाई पास गर्न पनि बैंकले पाउँदै नपाउने अनि कसरी पास गर्ने ? ग्राहकले माग गरिरहनु भएको छ ।”

सरकारबाट अनुदान नपाउँदा पनि ग्राहकलाई सहुलियतपूर्ण कर्जा दिन नसकेको कोइराला बताउँछन् । बैंकर्स संघका अध्यक्ष सुनिल केसीका अनुसार बैंकहरूले सहुलियतपूर्ण कर्जामा दुई खर्बभन्दा बढी लगानी गरेका छन् । तर, सरकारले बैंकलाई दिनुपर्ने ब्याज अनुदानको रकम नदिँदा केही अफ्ठ्यारो परेको उनी पनि बताउँछन् ।

“पाँच लाखदेखि १५ लाखसम्म हामीले सहुलियतपूर्ण कर्जा दिएका छौँ,” उनले भने, “गत एक वर्षदेखि हामीले ग्राहकलाई दिइसकेको सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानबापतको पैसा अहिलेसम्म पाउन सकेका छैनौँ ।”

2850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।