जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • प्रभु क्यापिटलको ‘भिजिट मर्चेन्ट बैंक’ कार्यक्रम सम्पन्न

प्रभु क्यापिटलको ‘भिजिट मर्चेन्ट बैंक’ कार्यक्रम सम्पन्न

विश्व वित्तीय सप्ताह २०२४ अवसरमा प्रभु क्यापिटल लिमिटेडले वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत ‘भिजिट मर्चेन्ट बैंक’ कार्यक्रम सम्पन्न गरेको छ। युवामा वित्तीय शिक्षाको महत्व जागरण गराउने उद्देश्यले विश्वभर यो सप्ताह मनाउने गरिन्छ।

यसै अवसरमा प्रभु क्यापिटलले ग्वार्कोस्थित काठमाडौं कलेज अफ म्यानेजमेन्टमा स्नातक अध्ययन गरिरहेका विद्यार्थीमाझ ‘भिजिट मर्चेन्ट बैंक’ कार्यक्रम गरेको हो।

सो कार्यक्रममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत श्री दुर्गा नन्द झा थिए। यस कार्यक्रममा विद्यार्थीहरूले मर्चेन्ट बैंकले गर्ने कार्य, कार्यशैली, पुँजी बजार,लगानी तथा जोखिमको बारेमा ज्ञान हासिल गरेका थिए।

कार्यक्रममा प्रशिक्षकले विद्यार्थीहरूलाई मर्चेन्ट बैंकले गर्ने कामकाज बुझाएका थिए। साथै बैंकिङ कार्यशैलीबारे व्याख्या गर्दै पुँजी बजारको विभिन्न उपकरणहरुको अवसर तथा जोखिम बारे बताएका थिए।

त्यस अवसरमा सानै उमेर देखि आफूसँग रहेको पैसालाई एकीकृत गरेर कसरी पुँजी निर्माण गर्न सकिन्छ भन्नेबारे पनि बताइएको थियो। यस्तै जोखिम पहिचान र व्यवस्थापन, पुँजी विनियोजनको रणनीति तथा विभिन्न लगानीहरुको अवसर र चुनौतीबारे पनि प्रस्तुतिकरण गरिएको थियो।

यस अवसरमा क्यापिटलका विभिन्न विभागहरुमा विद्यार्थीहरूलाई भ्रमण गराई थप जानकारी प्रदान गरिएको थियो।

प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय समयमा सेयर तथा पूँजी बजारसँग सम्बन्धित विभिन्न तालिम, वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको कम्पनीले जनाएको छ। सप्ताहको अवसरमा क्यापिटलले लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी विविध कार्यक्रम पनि गरिरहेको छ।

1330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?