जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • बीमा प्राधिकरणबाट बिदा हुँदै पौडेल

बीमा प्राधिकरणबाट बिदा हुँदै पौडेल

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा प्राधिकरणबाट बिदा हुन अब केहि दिन मात्र बाँकी छ।

कार्यकारी निर्देशक पौडेल आगामी शुक्रबार अर्थात जेठ ११ गतेबाट बिदा हुँदैछन् ।कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेको पाँच वर्ष पुगेपछि स्वत सेवानिवृत्त हुने कानूनी प्राबधानअनुसार उनी बीदा हुन् लागेका हुन्।

पौडेल २०७६ साल जेठदेखि कार्यकारी भुमिकामा प्राधिकरणमा नियुक्त भएका थिए। २५ वर्ष प्राधिकरणमा विताएका पौडेल ११ गतेबाट अवकास पाउँदै छन् ।

पौडेलको सेवानिवृत्त नजिकिदै गएसँगै यतिबेला नयाँ कार्यकारी को बन्ला भन्ने चर्चा प्राधिकरणमा छ। प्राधिकरणको कर्मचारी सेवा शर्त विनिमावली अनुसार वहालवाला निर्देशकलाई वरिष्ठतमका आधारमा कार्यकारीमा नियुक्त गर्नुपर्ने हुन्छ। प्राधिकरणको सञ्चालक समितिले वरिष्ठतमका आधारमा कार्यकारीमा नियुक्त गर्ने प्रावधान छ।

प्राधिकरणमा कार्यकारी माताहतको निर्देशकमा चार जना रहने व्यवस्था छ। तीनै चार जनाबाट एक जना कार्यकारीमा नियुक्त हुने हो। तर, कार्यकारीमा नियुक्त हुनको लागि कम्तिमा पनि निर्देशक पदमा पाँच वर्ष काम गरिसकेको हुनुपर्छ। तर, महिला र समावेशिको हकमा भने चार वर्ष निर्देशक भएको व्यक्ति कार्यकारी निर्देशकमा नियुक्त हुन योग्य हुन्छ।

प्राधिकरणमा हालका चार जना निर्देशक मध्ये तीन जना निर्देशक कार्यकारीका लागि योग्य छन् भने एक जनाको अवधि केहि कम छ। निर्देशक कमल प्रसाद रेग्मी, पुजन ढुङ्गेल अधिकारी र निर्देशक दिनेश कुमार लाल कार्यकारीका लागि योग्य छन्।

रेग्मी निर्देशक बनेको आठ वर्ष पुरा भइसकेको छ भने पुजन र लाल भने निर्देशक बनेको चार वर्ष पुरा भइसकेको छ । पुजन महिला र लाल मधेशी मुलका भएकाले उनीहरु चार वर्ष निर्देशक भएकै आधारमा कार्यकारीका लागि योग्य देखिएका हुन्।

निर्देशक शुसिलदेव सुवेदी कार्यकारीमा नियुक्त हुनका लागि हाललाई अयोग्य देखिएका छन्। उनी निर्देशकमा बढुवा भएको पाँच वर्ष पुगेको छैन। आगामी साउनमा मात्र उनी निर्देशक बनेको पाँच वर्ष पुग्ने देखिन्छ। त्यसो हुँदा उनी कार्यकारी बन्नका लागि कि त कार्यकारी नियुक्ती प्रक्रिया साउनसम्म लम्ब्याउनु पर्ने हुन्छ या अर्को चार वर्ष कुर्नु पर्ने हुन्छ ।

कर्मचारी सेवा शर्त विनियमावली अनुसार वरिष्ठताका आधारमा कार्यकारी निर्देशक नियुक्त गर्ने प्रावधान भएकाले रेग्मी नै अबको कार्यकारी निर्देशक हुने सम्भावना बढी छ। तर, कार्यसम्पादन मूल्याङ्कनलाई आधार मान्दा अहिलेयै कस्को सम्भावना कति भनेर भन्न सकिने अवस्था भने छैन ।

2530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका