जोडिनुहोस
शुक्रबार, माघ २४, २०८२
शुक्रबार, माघ २४, २०८२
  • होमपेज
  • बैंक तथा वित्तीय संस्थामा थुप्रियो तरलता, बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थामा थुप्रियो तरलता, बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बुधबार बजारबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै यो दिन २१ दिनका लागि ५० अर्ब रुपैयाँ तरलता तान्ने भएको हो। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता तान्दै आएको छ।

यसैको निरन्तरता स्वरुप केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत् गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकम बराबर बोलकबोल गर्न सक्नेछन्।

3035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका