जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कुमारी बैंकको आकर्षक मार्जिन लेन्डिङ कर्जा योजना

कुमारी बैंकको आकर्षक मार्जिन लेन्डिङ कर्जा योजना

कुमारी बैंक लिमिटेडले नेपाल धितोपत्र विनिमय बजारमा कारोवार हुने शेयर खरिदका लागि सस्तो व्याजदरम ाकुमारी मार्जिन लेन्डिङ योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत शेयर किन्नुअघि कुनै धितो आवश्यक नपर्ने, कर्जा लिई किनिएको शेयर खरिदपश्चात् सोही शेयर धितोमा रहने प्रावधान रहेको छ । साथै, यो कर्जामार्फत शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ब्रोकर मार्फत बैंकमा सम्पर्क गरी कर्जा स्वीकृत गराउन सकिनेछ ।

उक्तकर्जा योजना हाल सम्मकै निकै आकर्षक तथा उपयोगी रहेको बैंकले जनाएको छ । हाल बजारमा प्रवाह हुने शेयर कर्जाहरुमा शेयर खरिद गर्नु अघि नै धितो आवश्यक रहने गरेको छ ।

शेयर बजारमा लगानी गर्न चाहने तर अर्थको अभावले लगानीबाट वञ्चित सर्वसाधारणहरुलाई मध्यनजर गर्दै उक्तकर्जा सुविधा ल्याइएको बैंकले जनाएको छ ।

साथै, कोभिड १९ को यस विषम परिस्थितिमा सीमीत भएको लगानीयोग्य क्षेत्रर सोही परिस्थितिमा आकर्षक बनेको शेयरबजारलाई मध्यनजर गर्दै, उक्त कर्जायोजना ल्याईएकोे हो । ७० वर्षसम्म उमेर पुगेकाले उक्त कर्जा योजनाको लाभ उठाउन सक्ने छन् र उचित परामर्श, न्यूनतम प्रोसेसिङ्ग फी एवं ७२ घण्टामै कर्जा प्रवाहहुने जस्ता आकर्षक सुविधाहरु दिइने बैंकका पधादिकारीले जनाएका छन् ।

9390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका