जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • राष्ट्र बैंकले देखाएका यी हुन् अर्थतन्त्रका ऐना

राष्ट्र बैंकले देखाएका यी हुन् अर्थतन्त्रका ऐना

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ को ११ महिनाको तथ्यांक सार्वजनिक गरेको छ । अघिल्लो वर्षको तुलनामा मुलुक अर्थतन्त्र सुधारोन्मुख देखिएको छ । अघिल्लो आर्थिक वर्षमा केहि दबाबमा रहेको अर्थतन्त्र चालू आर्थिक वर्षको यो महिनामा आइपुग्दा आयातदर घट्न्, रेमिट्यान्समा वृद्धि, उपभोक्ता मूल्य घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ । त्यस्तै,वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मंहँगी ४.१७ प्रतिशत छ ।

समीक्षा अवधिमा आयात १.८ प्रतिशत, निर्यात ३.० प्रतिशत र कुल वस्तु व्यापार घाटा १.७ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.३ प्रतिशतले र अमेरिकी डलरमा १७३ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ४२५ अर्ब ६७ करोडले बचतमा रहेको राष्ट्र बैंको तथ्यांकले औंल्याएको छ ।

त्यस्तै विदेशी विनिमय सञ्चिति १९६७ अर्ब १९ करोड र अमेरिकी डलरमा १४ अर्ब ७२ करोड छ । नेपाल सरकारको खर्च १ हजार १८१ अर्ब ३० करोड र राजस्व परिचालन ९१९ अर्ब १९ करोड रुपैयाँ छ ।

विस्तृत मुद्रा प्रदाय ९.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्रा प्रदाय १२.७ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.० प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.६ प्रतिशत छ ।

पूर्व अर्थ सचिव गोपिनाथ मैनालीले केही सूचकहरु सकारात्मक भएकै खण्डमा अर्थतन्त्त सुधार भयो भनिहाल्न हतार हुने बताउँछन । उनले भने,‘ अहिले केहि सूचक राम्रा पनि छन्, यो समय भनेको रेमिट्यान्स भित्रिने समय पनि हो त्यसैले यसलाई बढ्यो अर्थतन्त्र सुधार भयो भन्न मिल्दैन ।’

2635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका