जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • तरलता फालाफालले एसडीएफ निरन्तर प्रयोग, आर्थिक वर्षको पहिलो दिन बैंकले राखे ३.७२ खर्ब

तरलता फालाफालले एसडीएफ निरन्तर प्रयोग, आर्थिक वर्षको पहिलो दिन बैंकले राखे ३.७२ खर्ब

 बैंकिङ प्रणालीमा तरलता फालाफालको स्थितिले स्थायी निक्षेप संकलन उपकरण (एसडीएफ) निरन्तर प्रयोग हुन थालेको छ।

बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्षको पहिलो दिन नेपाल राष्ट्र बैंकमा ३ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप राखेका छन्। गत आइतबार राखेको ३ खर्ब ५४ अर्ब रुपैयाँ परिपक्व भएसँगै बैंक तथा वित्तीय संस्थाले त्योभन्दा बढी रकम राष्ट्र बैंकमा राखेका हुन्।

बैंक तथा वित्तीय संस्थाले गत बिहिबार पनि राष्ट्र बैंकमा ३ खर्ब ५६ अर्ब रुपैयाँ राखेका थिए। त्यो रकम आइतबार परिपक्व भएको थियो।

बैंकहरुले तीन प्रतिशत ब्याज पाइने स्थायी निक्षेप संकलन उपकरण (एसडीएफ)मार्फत राष्ट्र बैंकमा ३ खर्ब ७२ अर्ब रुपैयाँ राखेका हुन्। अधिक तरलताका कारण अन्तर बैंक कारोबारको ब्याजदर २.९३ प्रतिशतमा झरेको छ।

2690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्