जोडिनुहोस
बुधबार, माघ २, २०८१
बुधबार, माघ २, २०८१
  • होमपेज
  • सेबोनलाई सांसदका प्रश्नैप्रश्न: पाइपलाइनमा रहेका आईपीओ किन रोकेको ?

सेबोनलाई सांसदका प्रश्नैप्रश्न: पाइपलाइनमा रहेका आईपीओ किन रोकेको ?

सांसदहरुले धितोपत्र बोर्ड(सेबोन) को कार्यशैलीमाथि प्रश्न गरेका छन् । बिहीबार अर्थसमिति बैठकमा सांसदहरुले धितोपत्र बोर्डको क्षमतामाथि प्रश्न उठाएका हुन् ।

सांसद जुली कुमारी महतोले धितोपत्र बोर्डको क्षमता भएर हो वा नभएर नेप्सेमा भर परेको भन्दै प्रश्न गरिन् ।

पाईपलाईनमा धेरै आईपीओ रहेको भए पनि त्यो रोकिएको भन्दै उनले त्यसको कारण माग गरिन् । अध्यक्ष नभएर रोकिएको हो वा नियतबस नै रोकेको भन्दै महतोले प्रश्न गरिन् ।

सेयर बजारमा एउटाले किन्ने र रेट बढाउने गरेको देखिएको उनको भनाइ छ । यसमा किन नियमन नभएको भन्दै उनले प्रश्न गरिन् ।

नयाँ स्टक निजीलाई दिनु गलत हुने र स्टक मार्केट सरकारको निगरानीमा हुनुपर्ने उनको भनाइ छ ।

सांसद नारायणी शर्माले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त नगरेर कर्मचारीलाई अध्यक्ष बनाएर पठाउँदा काम प्रभावकारी हुन नसकेको बताइन् । एक ठाउँको कर्मचारी अर्को ठाँउमा जाँदा काम प्रभावरी हुन नसकेको उनको भनाइ छ ।

सरकार परिवर्तन हुनासाथ बजार बढने, केही समयदेखि आवश्यकताभन्दा बढी किन बजार बढेको भनेर प्रश्न उठेको उनको भनाइ छ ।

बजारको क्षमता कति हुँदा देशका लागि राम्रो हुने हो, बजार कस्तो हुने हो भनेर प्रश्न उठिरहेको उनले बताइन् । लामो समय किन आईपीओ रोकेको भन्दै प्रश्न गरिन् ।

सांसद छिरिङ लामाले धितोपत्र बोर्डका उच्च पदस्थ कर्मचारीले धेरै भ्रष्टाचार गरेको विषय चर्चामा रहेकोले उनीहरुमाथि कहिले छानबिन हुन्छ भन्दै प्रश्न गरे।

1000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका