जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकले २ अर्ब २५ करोड रुपैयाँ नाफा कमायो

सिटिजन्स बैंकले  २ अर्ब २५ करोड रुपैयाँ  नाफा कमायो

सिटिजन्स बैंक इन्टरनेशनलले  २ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमास असारसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको हो।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.७६ प्रतिशत बढी आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८० करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०.२९ प्रतिशतले वृद्धि भएको छ ।

फि र कमिसन आम्दानी १५.५७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २८.५० प्रतिशत र सञ्चालन मुनाफा २४.९४ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ रहेको छ।

2845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?